Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

इजरायलमा १० नेपालीको प्यालेष्टिनी आाक्रमणमा मृत्यु

loading views..
Nepal Telcome

पोखरा। इजरायलमा भएको प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह छन् । त्यस्तै, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–  ०३ डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको मृत्यु भएको छ ।त्यस्तै, हमास आक्रमणमा चार जना नेपाली घाइते भएको र एकजना बेपत्ता रहेको पनि नेपाली दूतावासले जनाएको छ । घाइते हुनेमा शारदा-२ सल्यानका विधान सेज्वाल, दगिशरण-३ दाङका प्रवीण डाँगी, टिकापुर-९ कैलालीका धनबहादुर चौधरी गोर्खाका हिमाञ्चल कट्टेल छन् । जसमध्ये कट्टेल र चौधरीको अवस्था सामान्य रहेको बताइएको छ ।बेपत्ता हुनेमा भीमदत्त-३ कन्चनपुरका बिपिन जोशी छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link