Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

टेरामोक्सले ग्राहकको गोपनीयतामा कुनै आँच आउँदैन’:अध्यक्ष खनाल

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)ले ग्राहकको गोपनियतामा कुनै आँच नआउने जिकिर गरेका छन्।
प्राधिकरणले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले टेरामोक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने जिकिर गरे।उनले दुरसंचार सेवामा अपराधिक क्रियाकलापको निरीक्षण, न्युनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने बताए।
टेरामोक्स संचालनका लागि कार्यविधि बन्न बाँकी रहेको उनले बताए। खनालका अनुसार कार्यविधि बनाउने निर्णय भएपनि अपरेटरसँग छलफल हुन बाँकी छ।‘एनटीएले आन्तरिक निर्णय गरिसकेको छ। अपरेटरहरुसँग बसेर बनाउनु पर्ने भएकाले समय लागेको हो। टेरामोक्सको इनिसियल फेजदेखि नै कार्यविधिका लागि अपरेटरसँग बसेर छलफल गरिरहेका छौँ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link