Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

धान नफलेपछि किसानलाई हातमुख जोड्ने चिन्ता

loading views..
Nepal Telcome

बारा।ऋण गरेर रोपको धानको बोटमा बाला नलगेपछि बाराको निजगढका किसानलाई यतिबेला हातमुख जोडने चिन्ताले सताउन थालेको छ ।फल्ला र वर्षभरि खाउला भन्ने आशामा रोपेको डेल्टा रानी जातको धानको बोटमा एउटा पनि बाला नलागेपछि निजगढ नगरपालिका वडा नम्बर ९ का किसान यस्तो समस्यामा पिरोलिन थालेका हुन ।
‘वर्षभरि खाउला र घर खर्चसमेत चलाउला भनेर रोपेको धानको बोट ‘थारो’ बस्यो, निजगढ ९ अस्पताल टोलका किसान केदार खत्रीले भन्नुभयो, अब लालाबालालाई के ख्वायाएर पाल्ने र बचाउने भन्ने चिन्ता छ ।’ उहाँले अर्काको साडे सात कठ्ठा खेत हुण्डामा लिएर भारतीय कम्पनीको डेल्टा रानी जातको धानको बिउ रोप्नुभएको थियो । उहाँले धान रोप्ने मल, बिउ, खनजोत र गोडमेलसमेत गरेर प्रतिकठ्ठा ४ हजारभन्दा बढी रकम खर्च भएको पनि सुनाउनुभयो ।हुण्डामा लिएको जमिनमा साहुसंग ऋण काढेर रोपेको धान नफेलपछि हुण्डाको पैसा तिर्न फेरि ऋण गर्नुपर्ने अवस्था आएको बताउदै उहाँले पीडित किसानलाई नगरपालिकाले सहयोग गर्नुपर्ने माग पनि गर्नुभएको छ । ‘नगरपालिकाले सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो, नत्र किसान भोकभोकै मर्ने अवस्थामा पुग्नेछन ।’
खत्रीसंगै मात्रै होइनन् डेल्टा रानी बिउ रोपेका निजगढका दर्जनौं किसान यतिबेला उस्तै चिन्तामा छन । निजगढ वडा नम्बर ९ मा मात्रै १ दर्जनभन्दा बढी किसानले बिघौं जमिनमा रोपेको सो जातको धानमा बाला लागेको छैन ।बिउ वितरकले अन्य जातको भन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूहरुले डेल्डा रानी जातको बिउ खरिद गरेर धान रोपेको र अहिले एक दाना पनि नफलेपछि आफू पनि समस्यामा परेको अर्का स्थानीय किसान चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले डेल्टा रानी जातको बिउ रोपका मध्ये एक दर्जन भन्दा बढी किसानको खेतमा धान नफलेको भन्दै वडा कार्यालयमा गुनासो लिएर आएको बताउनुभयो । उहाँले नगरपालिका कार्यालयले धान नफलेर पीडित बनेका किसानहरुलाई राहत उपलब्ध गराउने बारेमा छलफल गरेर निर्णय गरिने पनि जानकारी दिनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link