Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ग्लोबल आईएमई बैंकको दशैं लक्षित अफर सार्वजनिक

loading views..
Nepal Telcome

पोखरा। ग्लोबल आईएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३ सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागू हुनेछ ।साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफूलाई आवश्यक समानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागु हुनेछ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link