Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

मुस्ताङमा प्रधानमन्त्रीको घोषणा: जलवायु परिवर्तनको क्षति रोक्न ५० करोड उपलब्ध गराउने

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणको लागि सरकार गम्भीर रहेको बताएका छन् ।जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद कार्यक्रमलाई सम्बोधन गर्दै जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड सहयोग मुस्ताङलाई दिने बताए ।उनले भने, ‘यसबाट सरकारले मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाणरूपमा राख्न चाहन्छु ।’जलवायु परिवर्तन अहिले अन्तर्राष्ट्रिय चुनौती बनेको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा पनि आफूले यसबारे गम्भीरतापूर्वक कुरा राखेर विश्वको ध्यानाकर्षण भएको प्रचण्डको भनाइ छ । हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिएर ग्लोबल फण्ड केन्द्रित नगरे ठूलो मानवीय र प्राकृतिक आपत्‌को स्थिति विश्वले नै सामना गर्नुपर्ने उनले बताए ।प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर रोक्नको लागि कोषको स्थापना गरेर अन्तर्राष्ट्रिय समुदायमा पनि अपील गर्ने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link