Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

स्वतन्त्रता सेनानी द्रौपदा शर्माक‍ो निधन

loading views..
Nepal Telcome

माघ १०, काठमाण्डौ। नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यम्वदाका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् ।
स्व. गोबर्धन शर्मा पोखरेलको पञ्चातले सर्वस्वहरण गरेपछि विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो । बाबु गोबर्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील थिए ।

उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत थिए । तत्कालीन राणा तथा पञ्चायती शासकले पटक पटक धरपकड गर्दा पनि पोखरेलले परिवारको पालनपोषण गर्दै कांग्रेस नेतृत्वको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्वर्गीय गोवद्र्धन पोखरेलको संस्मरणमा उल्लेख छ ।
महिला अधिकार र सामाजिक रुपान्तरणका आन्दोलनमासमेत द्रौपदाले महिला नेतृका रुपमा महत्वपूर्ण योगदान दिएकी थिइन् ।स्वर्गीय द्रौपदा व्यास १० पोखरेलफाँटस्थित गोबर्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि स्वर्गीय पोखरेलको तनहुँको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link