Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखाको धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानी मेला

loading views..
Nepal Telcome

गोरखा। गोरखाको धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानी मेला २०८० सुरु भएको छ ।धार्चे गाउँपालिकामा हिजोदेखि पाँचदिनसम्म चल्ने मेलाको गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी छन्।

मेलाको मुख्य आकर्षणको केन्द्र भनेको रक क्लाइम्बिङ्ग नै रहेको थियो।रक क्लाइम्बिङ्गले मेलामा छुट्दै राैनक छाएकाे थियो। २०२८ सालदेखि यो मेला मनाउन थालिएको मेलाको आयोजक तातोपानी क्षेत्र संरक्षण तथा सम्बर्धन विकास केन्द्र जनायो । धार्चेको स्थानीय उत्पादन प्रबर्दनन गर्ने उद्देश्यले मेला संचालन गरिएको हो। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले बतायो।मेलामा भलिबल, दौड,लोक दोहोरी,नृत्य प्रतियोगित का साथै,यसै वर्षबाट महिलातर्फको भलिबल प्रतियोगिता पनि हुने कुरा आयोजकले बतायो। त्यसै गरेर भलिबल प्रतियोगितामा करिब २० टिमहरुको सहभागिता रहने बताइएको छ । पुरुष तर्फको भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५,५५, ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले भने क्रमशः २०, १५, १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनायो ।
मेलामा गोरखाको बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत ठाउँहरुका स्थानीयका साथै देशका विभिन्न जिल्लाका मानिहरुले मेला अवलोकन गर्ने विश्वास लिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link