Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

गण्डकी प्रदेशमा दुई जिल्लामा सिमित रुट परमिट प्रदेशभर लागु

loading views..

पोखरा। गण्डकी प्रदेशमा २ जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज गरिएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो ।प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै २ जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।गण्डकी प्रदेशमा सञ्चालन हुने जीप र ट्याक्सीमा लागू गरिएको २ जिल्लाको परमिट अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए । “व्यवसायीहरुको चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँ”, उनले भने, “तोकिएको २ भन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झञ्झट हटाएका छौँ ।”

एकै ठाउँमा मात्र व्यवसायीलाई केन्द्रित हुन नदिनका लागि आवश्यकताको आधारमा प्रदेशभरको रुट इजाजत दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ५ वर्षपछि २ जिल्लामा परमिटको अव्यावहारिक नियम हटेकामा यातायात व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।अब भने प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी, जीप व्यवसायी र यात्रुका लागि नयाँ व्यवस्थाले सहज हुने छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्