Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

चितवनका किसानले सडकमा दूध पोखेर विरोध गर्दै कृषि मन्त्रीको राजीनामा माग

loading views..
Nepal Telcome

चितवन। दूध उत्पादनको मुख्य केन्द्रको रुपमा रहेका प्रधानमन्त्रीको गृह जिल्ला चितवनका किसानले सडकमा दूध पोखेर विरोध गर्दै कृषि मन्त्रीको राजीनामा माग गरेका छन्। दूध उत्पादन पछि बिक्री नहुने बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्।

दूध उत्पादक किसानका समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा माग गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताउनु भयो।

किसानका समस्या सुल्झाउन सरकार संवेदनशील नभएको कारण ध्यानाकर्षण होस् भन्ने मनशायले बाध्य भएर दुई क्यान अर्थात् ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको बगाले बताउनु भयो।

चितवनका दूध किसानले साउन यता दुधको भुक्तानी पाउन नसकेको र विभिन्न डेरी उद्योगहरूले दुध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको बगालेले जानकारी दिनुभयो।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। दुई चार दिनयता डेरी उद्योगले दूध लैजान बन्द गरेकाले ‘मिल्क होलि डे’ मनाउन बाध्य भएको बगालेले बताउनु भयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link