Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बजारमा चलाएको अनेकन हल्लाको पछि नलाग्न राष्ट्र बैंकको आग्रह

loading views..
Nepal Telcome

पोखरा। बजारमा चलाएको अनेकन हल्लाको कारण नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै बैंकिङ्ग क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गरेको छ। साथै नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुऱ्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ्ग तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरेको बैंकले बिज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

केन्द्रिय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त तथा असल अभ्यासका आधारमा सञ्चालन हुने र ती संस्थामा केन्द्रीय बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विज्ञप्तीमा बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति केन्द्रीय बैंकको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’

बैंकिङ्ग जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ्ग कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link