Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

द्रव्य शाह बहुमुखी क्याम्पसमा भोटे ताल्चा

loading views..
Nepal Telcome

धनबहादसर तामाङ

गोरखा। गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पास प्रशाशनको कुचक्रमा परेर सधै बिबाद जबरजस्ती धकलिएको छ।क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु लगायत अस्तित्वमा रहेका सबै संगठनले संयुक्त रुपमा भोटे  ताल्चा लगाएका छन् । बुधबार १२ बजे ३ विद्यार्थी सङ्गठनले द्रव्य शाह बहुमुखी क्याम्पास लक्ष्मीबजारमा ताला लगाइएको अखिल क्रान्तिकारीका क्याम्पस एकाइका अध्यक्ष अनिश अर्यालले जानकारी दिनुभयो ।

प्रशासनले क्याम्पास भएको भ्रष्टाचार र अनियमितताको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत अनुसन्धान गर्न अटेरी गरेको भन्दै विद्यार्थीले ताला लगाएका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति रौनक घिमिरेले भने क्याम्पसमा आर्थिक हिनामिनको सत्यतथ्य चाँडै बाहिर ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।सधै बिबादको भुमरिमा रमाउने क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई पटकपटक फोन गर्दा पनि सम्पर्कमा आउन नचाहेको सभनपति घिमिरेको भनाइ छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link