Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलको आज उद्घाटन

loading views..

सिराहा । धनुषामा नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।
सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने गरी कमला नदीमाथि नेपालकै सबैभन्दा लामो डेढ किलोमिटर (१५००.४४ मिटर) लम्बाई र चौडाई १.२ मिटर रहेको निर्माणमा पारिश्रमिक बिनानै प्राविधिक सहयोग गरेका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिएका छन् । सो झोलुंगे पुलको आज बिहान ११ बजे प्रम प्रचण्डबाट उद्घाटन कार्यक्रम हुँदैछ।
अहिलेसम्म महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने १४५२ मिटरको झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्