Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु, चालक पक्राउ

loading views..

पोखरा। गोरखाको सिरानचोक गाउँपालिका–७ स्थित भालुस्वाँरामा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । भालुस्वाँरा स्थित सडकखण्डमा बा ९१ प ४५८ नम्बरको मोटरसाईकल गएराती अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बस्ने सिरानचोक गाउँपालिका वडा नम्बर ६ नयाँसाँघुका २७ बर्षका मिलन थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका थापामगरलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको भएपनि उपचारका क्रममा मृत्यु भएको उहाँको भनाई छ । मोटरसाइकल दुर्घटनापछि फरार भएका मोटरसाईकल चालकलाई आज दिउँसो पक्राउ गरिएको एसपी पाठकले बताउनुभयो । मृतकका परिवारले किटानी जाहेरी दिएपछि गोरखा नगरपालिका–३ नारेश्वर घर भएका ३० बर्षका मोटरसाइकल चालक राजेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकको शव पोष्टमार्टमपछि अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ । पारिवारिक स्रोतका अनुसार मृतक थापा यहीँ फागनु ३० गते बैदेशिक रोजगारीका लागि क्रोसिया जाने तयारीमा रहनु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्