Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

मुख्यमन्त्रीको गाउँबाट जनता रित्तिने चिन्ता

loading views..
Nepal Telcome

पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गाउँमा विकास पुगे पनि जनता शहर पसेकोमा चिन्ता व्यक्त प्रकट गर्नुभएको छ।रुपा गाउँपालिकाको वडा नं. ३ पोल्याङको झोलुङ्गे पुलको उद्घाटन गर्दै अधिकारीले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। पोल्याङ र टाकंजा जोड्ने सो पुलको उद्घाटन कार्यक्रममा अधिकारीले भन्नुभयो, ‘गाउँमा विकास त भइरहेको छ, तर जनता शहर झर्ने क्रम रोकिएन ।’ गाउँमै काम गर्ने वातावरण हुँदाहुँदै पनि बजार नझर्न अधिकारीले अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा सोही वडाका अध्यक्ष दिपेन्द्र गौतमले झोलुङ्गे पुलले टाकंजा र पोल्याङको दूरी घटाउँदै जनताको दैनिक जीवनलाई सहज बनाएकोमा खुसी व्यक्त गर्नुभयो । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरीता कुमाल, रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ्ग लगायतले विकास निर्माणबारे आफ्नो धारणा राख्नु भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link