Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

वाईसिएल कास्कीको बैठक सम्पन्न

loading views..
Nepal Telcome

बद्री (विपीन )आचार्य

काश्की, २९ बैशाख।  वाईसिएल कास्कीको बैठक सम्पन्न भएको छ।बैठकमा नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज रामजी प्रसाद बरालले संवोधनका क्रममा,युवा संगठनलाई शसक्त र गतिशिल बनाउन अनुरोध गरेका थिए।साथै बैठकमा माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले भने गतिशिल र चलाएमान संगठन बनाउन आग्रह गरेका थिए।
बैठकमा वाईसियल कास्कीका फ्याक्सन ईन्चार्ज मेख बहादुर विक पहाड, वाईसियल नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज नरेश केसी लगायतले मनतब्य राखेकाका थिए।
केन्द्रका लेखा आयोग प्रमुख विपिन आचार्यले बैठकलाई सहजिकरण गरेका थिए। बैठकलाई ब्यबस्थित र सहज बनाउन संगठनका केन्द्रीय सदस्य तधा गण्डकी प्रदेशका सह संयोजक भोजराज पौडेलले सम्पुर्ण सांगठनिक कार्य योजना बनाईका थिए।
सो बैठकले ऐंगेल्स कार्कीलाई संयोजकमा निरन्तरता दिदै सह-संयोजकमा अनिल परियारलाई बनाउने सर्वसम्वत निर्णय गरेको छ भने सचिवमा रामचन्द्र पौडेललाई निरन्तरता दिएको छ।
बैठकमा केन्द्रीय सदस्य बसन्तराज बास्तोला,विमला खड्का र चन्द्रा पराजुली रुद्र बहादुर बिक र  आयोग सदस्य विकास अधिकारी लगायतको उपस्थीति थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link