Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्ड, ओली र नेपालबिच भेट, के कुरा भयो ?

loading views..
Nepal Telcome

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार तीन नेताबीच समसामयिक राजनीतिका विषयबारे छोटो कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच मधेश प्रदेशमा समीकरणको विषयबारे पनि छलफल भएको छ।

‘प्रधानमन्त्री चितवन जानुपर्ने भएकाले छोटो कुराकानी भयो। समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो। प्रदेशबारे सामान्य छलफल भयो। तर, डिटेल कुराकानी भएको छैन,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने तयारी गरेसँगै नयाँ समीकरणका लागि नेताहरूले छलफल सुरु गरेका हुन्।

एकीकृत समाजवादी अध्यक्ष नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा तरंग देखिएको छ। सोहिक्रममा तीन शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link