Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल टेलिकम आजबाट १८ औँ वर्षमा प्रवेश

loading views..
Nepal Telcome

काठमाडौं । नेपाल टेलिकम आजबाट १८ औँ वर्षमा प्रवेश गरेको छ । नेपालको दूरसञ्चार सेवामा अग्रस्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको हो ।   सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोग मार्फत सेवा ग्राहक समक्ष सेवा प्रदान गर्दै आएको छ । देशमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको थियो ।     टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।     कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link