Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

ग्लोवल फोरम जापानद्वारा बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न

loading views..
Nepal Telcome

सन्दिप सुनार

टोकियो जापान। ग्लोवल फोरम जापानद्वारा आयोजित बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । समानता समाज निर्माण अभियानमा सम्पुर्ण प्रवासी नेपालीहरू एक हौ भन्ने मुल नाराका साथ आईतबार टोकियोको कासाई रिङ्काई पार्क एदोगावामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको फोरमका महासचिव गंगालाल जिआरले जानकारी दिनु भयो । जापानलाई कर्मथलो बनाउदै आउनु भएका नेपाली दाजूभाइ दिदीबहिनीहरु बीच एक आपसमा आत्मियता, भावनात्मक, भाइचारा र सदभावलाई विकसित गराउँदै प्रदेशको बसाईमा नेपालीहरू बीच आउन सक्ने जुनसुकै समस्यामा सर सहयोग आदान-प्रदान र हातेमालो गर्दै अघि बढ्ने उदेश्यका साथ फोरमले बार्बिक्यु (वनभोज) तथा भेटघाट कार्यक्रमको आयोजना गरेको फोरमका अध्यक्ष मुना सुनारले बताउनु भयो । जापानको व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमालाई उच्च बनाई भव्यताका साथ सम्पन्न गराउन भुूमिका खेल्नुहुने सम्पुर्णमा उँहाले धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो । नेपाली गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नविन निउरे, महासचिव टिकाराम खरेल, फोरमका संरक्षक धन वहादुर विश्वकर्मा, सल्लाहकार समिति सदस्य हिरा रसाईली लगायत जापानमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको महासचिव जिआरले जानकारी दिनु भयो । फोरमले समाजमा जातिय विभेदहरूका विरूद्व विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link