Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

२० बर्षको आसपासमा नै विवाह गर्न प्रधानमन्त्री ओलीको युवालाई अपिल

loading views..

काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन ।

आज (मंगलबार) अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउन आग्रह गरेका छन । उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गरेका छन ।

आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले युवाहरुले यसका लागि सोच्नुपर्ने बताएका छन । उनले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको समेत बताए ।

धेरैलाई रोजगारी दिन सानासाना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको पनि बताएका छन । हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा २ प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने उनले बताए ।

एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरु अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारेका छन ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख गरेका छन ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्