Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस-एमालेको संयुक्त उम्मेदवारलाई पछार्दै  टानमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे भारी मतले निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेस र एमालेको सम्थनमा राजेन्द्र सापकोटा अध्यक्षका प्रत्यासी थिए । पाण्डेले भने माओवादी केन्द्रको समर्थन पाएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित शेर्पा पाण्डे समूहकै हुन् । वरिष्ठ उपाध्यक्षमा भने पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन् ।

सोमबार भएको निर्वाचनबाट टानको सचिवमा सचिव रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्यमा निर्वाचित भए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link