Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

मोटरसाइकल दुर्घटनामा पोखरामा एक युवकको मृत्यु

loading views..
Nepal Telcome

पोखरा।मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिदा पोखरामा एक युवकको ज्यान गएको छ।पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा स्थित सडकमा ग१५प ३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिदा पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर घर भै हाल पोखरा १७ घारीपाटन बस्ने २० वर्षीय विश्वास विकको मृत्यु भएको हो।

बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका बिकलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा पुर्‍याकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link