Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पिएन क्याम्पसमा क्रान्तिकारी द्वारा प्यानल छलफल तथा शहिद पार्कमा दिप प्रज्वलन

loading views..
Nepal Telcome

पोखरा,३ असोज।संविधान दिवसको अवसरमा ‘संविधान र समावेशीतामा संवैधानिक मूल्य र त्यसले नेपालमा समावेशीता प्रवर्द्धनमा पार्ने प्रभाव बारे’ अखिल(क्रान्तिकारी)पृथ्वीनारायण क्यम्पस इकाई समितिले प्यानल छलफल पोखरामा सम्पन्न गरेको छ।

उक्त प्यानल छलफलमा प्रमुख वक्ता नेकपा(माओवादी केन्द्र)गण्डकी प्रदेसका उपाध्यक्ष तथा अखिल (क्रान्तिकारी)गण्डकीका फ्याक्सन इन्चार्ज ज्ञामनाथ गैह्रै अनिलले,जनयुद्ध र जनआन्दोलनको उपलब्धी नै वर्तमान नेपालको संविधान रहेको बताए।
कार्यक्रममा अधिवक्ता विमल लामीछानेले न्यायलयको लोकान्तान्त्रीकरण आवश्यकता रहेको जनाए।
अखिल(क्रान्तिकारी) गण्डकी प्रदेसका अध्यक्ष त्रिदिप गुरुङले शिक्षा र संविधानको  विषयमा आफ्ना धारणाहरु राखेका थिए।
प्यानल छलफलमा प्रश्न प्रस्तोता पिएन क्याम्पस क्रान्तिकारी अध्यक्ष नविन अधिकारीले गरेका थिए।छलफलमा मनिषा बि.क र विप्लवी न्यौपानेले जिज्ञासा राखेका थिए।

कार्यक्रमको सहजीकरण माओवादी केन्द्र गण्डकी प्रदेशका युवानेता विनय थापाले गरेका थिए।

कार्यक्रमको सञ्चालन पिएन क्याम्पस क्रान्तिकारी उपाध्यक्ष सन्देस पैडेलले गरेका थिए भने अध्यक्षता नविन अधिकारी गरेका थिए।

यसै गरेर आज साँझ,संबिधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी)कास्की जिल्ला अध्यक्ष सुमन सुवेदी लेनिनको संयोजनमा पोखरा महानगरपालिका समितिको सहितको संयुक्त आयोजनामा शहिद पार्कमा दिप प्रज्वल कार्यकम सम्पन्न भयो। अखिल(क्रान्तिकारी) पोखरा महानगरपालिका अध्यक्ष मिराज मगरले दिप प्रज्वलन कार्यक्रम संचालन गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link