Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखरामा प्रथम पर्वतीय दौड, १०४ धावक सहभागी हुने

loading views..
Nepal Telcome

पोखरा,११असोज। पोखरा क्लिकद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता शनिबार, असोज १२ गते आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल, बेलायत, र ब्राजिलका १०४ धावक सहभागी हुनेछन्, जसमा ७१ पुरुष र ३३ महिला छन्।

दौड विश्व शान्ति स्तूपबाट सुरु भई पुम्दीकोटको विशाल महादेव मूर्तिको परिक्रमा गर्दै, बुद्धपार्क (निगाले डाँडा) मा समापन हुनेछ। दौडमा खुला, महिला, वडास्तरीय, र यू-१६ गरी चार इभेन्टहरू समावेश छन्।

खुलातर्फ प्रथम, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः २५ हजार, १५ हजार, र ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला, यू-१६, र वडास्तरीयतर्फ उत्कृष्ट धावकले ७ हजार रुपैयाँ नगद, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस अवसरमा समाजसेवी चन्द्रकान्त बराल र अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई सम्मान गरिनेछ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link