Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

असोजमै उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

loading views..
Nepal Telcome

गोरखा,१३ असोज। उत्तरी गोरखामा भारी हिमपात भएको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको चुमनुब्री गाउँपालिका साम्दोका निमा लामाले जानकारी दिनुभयो।

“एक फिटभन्दा बढी हिउँ परेको छ। हिउँ पर्ने मौसम सुरु नहुँदै यस वर्ष हिउँ परेको छ। लार्के पास गर्न आएका पर्यटकहरू यतै रोकिएका छन्,” लामाले भन्नुभयो।

समुद्री सतहदेखि १२,७१३ फिट उचाइमा रहेको गोरखाको अन्तिम गाउँ साम्दो हो। यो गाउँ जिल्ला सदरमुकामबाट ५२ कोस उत्तरमा पर्दछ।

घनाजंगलले ढाकिएको हिउँ परेपछि बोर्डर आउटपोस्ट (बीओपी) का प्रहरीहरूले बाटो पन्छाउने कार्यमा खटिएका छन् र मौसम खुलेपछि मात्र यात्रामा निस्कन पर्यटकहरूलाई सुझाव दिएका छन्।

तस्वीर: प्रहरी निरीक्षक विश्वराज त्रिपाठी
तस्वीर: प्रहरी निरीक्षक विश्वराज त्रिपाठी

बिहानैदेखि सशस्त्र प्रहरी टोली बाटोमा जमेको हिउँ पन्छाउन लागिपरेको बीओपीका प्रमुख विश्व त्रिपाठीले जानकारी दिनुभयो।

छेकम्पारलगायत उत्तरी गोरखाका धेरै ठाउँमा हिमपात भएको छ। बिहीबारदेखि जिल्लाका तल्ला क्षेत्रमा पानी परेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ। असोजमै हिमपात विरलै हुने गरेको सामागाउँका स्थानीय मिङ्मार लामाले बताउनुभयो।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link