गण्डकी विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास: प्रदेशको शिक्षा क्षेत्रमा नयाँ अध्याय

गण्डकी विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास: प्रदेशको शिक्षा क्षेत्रमा नयाँ अध्याय

पोखरा, २० असोज। गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा अर्को कोशेढुङ्गा थपिएको छ। पोखरा ३२ मा शनिबार गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गर्दै प्रदेशको पूर्ण लगानीमा सञ्चालित यस विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसलाई आधुनिक, व्यावहारिक र नयाँ प्रविधियुक्त थलोको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।

पूर्व मुख्यमन्त्री खगराज अधिकारीले उच्च शिक्षामा नयाँ ढंगबाट प्रारम्भिक चरणमा भवन प्राप्तिसँगै अबका दिनमा केही नीति परिमार्जन गरी प्रविधिमैत्री विश्वविद्यालयको रुपमा विकास गरी शैक्षिक अनुशासन कायम राख्न सुझाव दिए ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले ऐतिहासिक क्षणमा स्थापना भएको प्रदेश सरकार मातहतको शैक्षिक थलो गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.