Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

संगितकार विश्व बल्लभको निधन!

नेपाली गीतसंगीत क्षेत्र शोकमग्न

loading views..
Nepal Telcome

काठमाडौं, २३ असोज। नेपाली गीतसंगीत क्षेत्रका चर्चित गीतकार विश्व बल्लभको निधन भएको छ। रेडियो नेपालको चर्चित कार्यक्रम ‘फूलबारी’का प्रस्तुतकर्तासमेत रहेका बल्लभका ‘शुभकामना’, ‘भाग्यले खुसी खोसेर लग्यो’, ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता अनेकौँ गीतहरूले नेपाली संगीतलाई समृद्ध बनाएका छन्।
गीतकार राजेन्द्र थापा जर्जले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका हुन्। उनको निधनले नेपाली कला, साहित्य र संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।
को थिए विश्व बल्लभ?
विश्व बल्लभ लामो समयसम्म रेडियो नेपालमा कार्यरत थिए। उनले लेखेका गीतहरू तारादेवी, अरूणा लामा, अमर तण्डुकार जस्ता चर्चित गायकगायिकाहरूको स्वरमा रेकर्ड भएका थिए। उनका गीतहरूले नेपालीहरूको मन जित्न सफल छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link