Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

चितवन कारागारमा कैदीबन्दीको चाप कम गर्न १६ जना स्थानान्तरण

loading views..

भरतपुर,६ कार्तिक।  चितवन कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि १६ जना कैदीबन्दीलाई अन्य जिल्ला स्थानान्तरण गरिएको छ ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण हुनेमध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ पठाइएको छ । स्वास्थ्य समस्या भएका ६ जना कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्यलाई उनीहरूको इच्छाअनुसार अन्यत्र स्थानान्तरण गरिएको हो ।
चितवनमा सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरू भएकाले जिल्ला बाहिरका कैदीबन्दीलाई उपचारका लागि चितवन ल्याइने हुँदा कारागारमा चाप बढेको हो । यसका साथै, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट पनि कैदीबन्दी चितवन ल्याइने गरिएको छ ।
दुई सय ८० जनाको क्षमता रहेको चितवन कारागारमा अहिले सात सय ८४ कैदीबन्दी छन् । महिला बन्दीगृहमा क्षमताभन्दा बढी र पुरुष बन्दीगृहमा पनि क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्