Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

मेडिकलमा इन्जेक्सन पछि महिलाको मृत्यु, भड्कियो आक्रोश

loading views..

चितवन,६ कार्तिक।चितवनको खैरहनी नगरपालिका–६ पुरानो पर्सामा सोमबार राति एक महिलाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय चौधरी मेडिकलमा उपचार गराइरहेकी पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौलीमा बस्ने ४१ वर्षीया तुलसी कार्कीको उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, कार्कीलाई कात्तिक ३ गतेदेखि उक्त मेडिकलमा उपचार गराइँदै आएको थियो। सोमबार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि उनको मृत्यु भएको थियो।
महिलाको मृत्यु भएपछि आफन्तहरू आक्रोशित भई मेडिकलमा तोडफोड गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
मृतकका आफन्त, मेडिकल पक्ष र जनप्रतिनिधिबीच आज बिहान २ बजे भएको छलफलमा मृतकका आफन्तलाई क्षतिपूर्ति दिने सहमति भएको छ। यसपछि पोस्टमार्टमका लागि शवलाई भरतपुर अस्पतालको शव गृह पठाइएको प्रहरीले जनाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्