Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखराबाट काठमाडौँका लागि नयाँ सुपर डिलक्स बस सेवा सुरु

loading views..
Nepal Telcome

पोखरा, १३ कार्तिक। पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि खुसीको खबर छ । कोइली ट्राभल्स प्रा.लिले पोखराबाट काठमाडौँका लागि दुई थान नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ। यससँगै राजमार्गमा यात्रा गर्ने यात्रुहरूले अझ आरामदायी र सुविधासम्पन्न यात्राको अनुभव गर्न पाउने भएका छन्।
नयाँ बस सेवाको उद्घाटन सोमबार कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले गरेका हुन्। बस सेवा हेमजाबाट साँझ ६ बजे छुट्नेछ र जिरो किलोमिटर, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुँदै पृथ्वीचोकबाट काठमाडौँ पुग्नेछ।
सुविधा सम्पन्न बस
नयाँ बसमा यात्रुहरूको सुविधाका लागि २१ वटा फोल्डिङ सोफा सिट र ४ वटा सुत्न मिल्ने बेडको व्यवस्था गरिएको छ। यात्राको क्रममा यात्रुहरूलाई चिया र खाजा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। एक यात्रुले काठमाडौँ पुग्न १६ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ।
पृथ्वी राजमार्गमा सुपर डिलक्स बसको संख्या बढ्दै
कोइली ट्राभल्सका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार पृथ्वी राजमार्गमा सञ्चालन हुने बस सेवाहरूलाई स्तरीय बनाउने उद्देश्यले कम्पनीले यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो। उनका अनुसार कम्पनीले यी दुई बस खरिद गर्न करिब दुई करोड रुपैयाँ लगानी गरेको छ।
कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले पृथ्वी राजमार्गमा ५० भन्दा बढी सुपर डिलक्स बसहरू सञ्चालनमा आइसकेको बताए। उनले भने, “यात्रुहरूको बढ्दो मागलाई मध्यनजर गर्दै हामीले यस्ता सुविधासम्पन्न बस सेवाहरू सञ्चालन गरिरहेका छौँ।”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link