Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

बेनी-जोमसोम सडक पहिरोले अवरुद्ध, हजारौं यात्रु अलपत्र

loading views..

म्याग्दी,१९ कार्तिक। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीका अनुसार आज दिउँसोदेखि परेको अविरल वर्षाका कारण सडकमा पहिरो खसेर सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द भएको हो।
“वर्षा रोकिएको छैन, रात परिसकेको छ र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी-जोमसोम सडकमा यात्रा नगर्न हामीले अनुरोध गरेका छौँ,” प्रहरी प्रमुख केसीले भने।
उनका अनुसार बेनी-जोमसोम-कोरला सडक आयोजनासँग समन्वय गरेर भोलि बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास गरिनेछ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका स्थानीयबासीका साथै घुम्न आएका पर्यटकहरू बाटोमै अलपत्र परेका छन्। मुस्ताङतर्फ जाने सवारी साधनहरू बेनीमा र म्याग्दीतर्फ आउने सवारी साधनहरू भुरुङ्ग-तातोपानीतर्फ फर्किएका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्