Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

चितवन सडक दुर्घटनामा ४ को मृत्यु, ६ घाइते

चितवन,२३ कार्तिक। नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बस एकापसमा ठोक्किएका थिए। दुर्घटनामा परी गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङसहित चार जनाको मृत्यु भएको हो । घटनास्थलमै फेला परेकी ४० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

arrow प्रतिक्रिया दिनुहोस्