Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मुग्लिङ–पोखरा सडक २० दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

loading views..
Nepal Telcome

तनहुँ, ०३ मंसिर।  मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डको छिर्कन–देउराली सडक खण्ड आज राति ११ बजेदेखि २० दिनसम्म दैनिक ४ घण्टा ३० मिनेटका लागि बन्द हुने भएको छ। सडक निर्माणका लागि सडक बन्द गर्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार राति ११ बजेदेखि १ बजेसम्म र राति १:३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ। यस अवधिमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक बन्द रहने प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
सडक बन्द हुने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। आकस्मिक अवस्थामा भने विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ।
यस सडक खण्डमा ४१.५ किलोमिटर दूरी रहेको छ। हालसम्म दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link