Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित चीन भ्रमणमा, द्विपक्षीय सहयोगमा जोड

loading views..
Nepal Telcome

काठमाडौं,१३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय सरकारी प्रतिनिधिमण्डलसहित चीनको औपचारिक भ्रमणमा जान लागेका छन्। यस भ्रमणमा आर्थिक सहयोगका अवसर खोज्न सरकारी अधिकारीहरूसँगै उद्योगी व्यवसायीहरूको समूह पनि सहभागी हुने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन भ्रमणमा जाँदै छिन् र शनिबार नेपाल फर्कने कार्यक्रम छ। त्यसपछि मंसिर १७ गतेबाट सुरु हुने भनिएको भ्रमणमा उनी प्रधानमन्त्री ओलीसँगै जानेछिन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले डिसेम्बर ३ तारिखमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रस्थानको भोलिपल्ट दुवै देशका अधिकारी सम्मिलित उच्चस्तरीय बैठक बोलाइएको छ।
नेपाल–चीन सम्बन्धलाई मजबुत बनाउनुका साथै व्यापार, लगानीलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने लक्ष्य यस भ्रमणको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link