Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा नयाँ नेतृत्व चयन

loading views..
Nepal Telcome

पोखरा, १५ मंसिर। पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कास्कीको आज सम्पन्न २४औँ साधारण सभा तथा १२औँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले चिन्तामणि खरेललाई अत्याधिक मतले  संघको अध्यक्षमा निर्वाचित गरेको छ। निर्वाचित भएपछि अध्यक्ष चिन्तामणि खरेलले आफूलाई मतदान गरी विश्वास व्यक्त गर्ने सम्पूर्ण व्यवसायी साथीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा संघको विकास र विस्तारका लागि अझ बढी मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। साथै, अधिवेशन सफल बनाउन अहोरात्र खटिएका निर्वाचन मण्डलका सदस्यहरू, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरू लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।
अध्यक्ष चिन्तामणिले विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिनुहुने सबैमा पनि आभार व्यक्त गर्नुभएको छ।अध्यक्ष चिन्तामणि लामो समयदेखि संघसँग आबद्ध हुनुहुन्छ र उहाँले यसअघि पनि विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँले आफ्नो कार्यकालमा पोखराका इलेक्ट्रोनिक्स व्यवसायीहरूको हकहितका लागि काम गर्ने र संघलाई अझै सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link