Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

पोखरामा खोचमा खसेका व्यक्ति सकुशल उद्धार

पोखरा, पुस १२ गते । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक जना वृद्धलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
हिँड्ने क्रममा अचानक लडेर खसेका पार्वती टोलका ६१ वर्षीय उजीरबहादुर पुनलाई बिहीबार बेलुका सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोलीले उद्धार गरेको हो ।
घटनास्थलको भौगोलिक विकटताका कारण उद्धार कार्यमा केही कठिनाइ भए पनि प्रहरी टोलीले दक्षतापूर्वक उद्धार गरेको थियो । पुनलाई प्राथमिक उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्