Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

loading views..
Nepal Telcome

पोखरा,पुस १३ गते । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक सुन्दर ढकालले वताएका छन् ।

विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले वताए ।

उक्त अवसरमा कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल,निर्णायक ऋषिकेश बराल, लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा निर्णायकहरु ऋषिकेश बराल,लोकचन्द्र खनाल र सुरेश मानन्धर रहेका थिए । लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । १५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारहरु वितरण गरिने भएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link