Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

माओवादीले गठबन्धन त्यागेर एक्लै चुनाव लड्नुपर्छ: पम्फा भुसाल

loading views..
Nepal Telcome

पर्वत,पुस १४ गते। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पार्टीले आगामी चुनावमा गठबन्धन त्यागेर एक्लै लड्नुपर्ने बताएकी छन्। शनिबार पर्वतमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै भुसालले भ्रष्टाचार विरोधी लडाइँ र समाजवाद उन्मुख आर्थिक कार्यक्रम लिएर जनतामा जानुपर्ने बताइन्।
“हामीले उज्यालो नेपाल निर्माण गर्यौँ, गौरवपूर्ण विकासका खाका व्यवहारमा ल्यायौँ, जनविरोधी तत्वहरूको पर्दाफास गरेका कारण विचौलिया र तस्करहरू मिलेर हाम्रो सरकार ढालेको जनताले प्रष्ट रूपमा बुझेको छ,” भुसालले भनिन्। उनले थपिन्, “त्यसैले टुटफुटमा रमाउने कमरेड हैन पार्टी र देशलाई एकतावद्ध गर्ने नेतृत्व चाहिएको र विभाजनले पार्टी, जनता र देशलाई ठूलो नोक्सानी भएको छ।”
भुसालले भ्रष्टाचार विरोधी सुशासन र दिगो विकासको कार्यक्रम लिएर जनतामा जाँदा माओवादीले जनताको विश्वास जित्न सक्ने बताइन्। उनका अनुसार, भष्ट्राचारी र अन्य गलत कार्यमा लागेकालाई कारबाही गर्न सक्ने र समाजवाद उन्मुख आर्थिक कार्यक्रम ल्याउन सक्ने पार्टीलाई जनताले खोजेको छ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज नेत्रनाथ अधिकारीले पर्वतको सबै पालिकाहरूमा नयाँ नेतृत्व आइसकेको बताउँदै वैचारिक बहस र माक्र्सवादी शैलीले संगठन निर्माण गरेर अगाडि बढ्न सके समाजवाद र समृद्धिको लक्ष्य प्राप्त हुने बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link