Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा राप्ती सोनारी विजय

loading views..
Nepal Telcome

बाँके,पुस १६गते। बाँकेको नरैनापुर गाँउपालिकामा आज मंगलबार देखि अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाँउपालिकाको सहयोगमा संचालित प्रतियोगिताको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनु भएको छ । उहाँले भन्नुभयो,“हामी खेलकुद आम नागरिकको पहुँचमा हुनुपर्छ भन्ने ढंगले यसको बिकासमा लाग्छौ अबको खेलकुद ग्रामीण स्तरसम्म महसुस गर्ने खालको हुनेछ ।”
कार्यक्रमका नरैनापुर वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने बताउनु भएको छ । आपसी भाईचार, एकताको सन्देश, राष्ट्रको समृद्धि र राजनीतिको गाईड लाईन खेलकुद नै भएकाले राज्यका सबै तहले यसको बिकासमा फराकिलो दृष्टि लगाउनु पर्नेमा अध्यक्ष मौर्यले जोड दिनु भएको थियो ।
साथै उहाँले अनुशासन, बिकास र गतिशिलता स्वस्थ जीवनशैलीको अंगका रुपमा लिन सके मात्र खेलकुदले सार्थकता पाउने स्पष्ट पार्नुभयो । कार्यक्रमका सभापति भेरी रकर्स क्लबका अध्यक्ष मोहम्मद साजिद खानले वडा स्तरमा भएका खेलाडिको प्रतिभा पहिचान र बिकासमा टेवा पु¥याउने हाम्रो उदेश्यलाई यस प्रतियोगिताले सार्थकता प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रममा नरैनापुरका राजेश्व शाखा एंव शाखा प्रमुख मुकद्दर अलि मुकेरी,बिपद शाखा प्रमुख भरत महतो, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, नेपाल पत्रकार महासंघ बाँकेका सदस्य कृष्ण अधिकारी, चलचित्र पत्रकार संघका ज्ञानु ओली, एमाले नरैनापुरका नेता बिनय दिक्षित लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन बाल अधिकारकर्मी शाहिल अन्सारीले गर्नु भएको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगत आज मंगलबार भएको खेलमा राप्ती सोनारी बिजयी भएको छ । नरैनापुरलाई उद्घाटन खेलमा ५ विकेटले पराजित राप्ती सोनारीले बिजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुरले १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको राप्ती सोनारीले ११.३ ओभरको समाप्तिमा आफ्ना ७ विकेटको क्षेतिमा सो लक्ष्य पूरा गरेको थियो ।
खेलमा दिपेन्द्र कुमार म्यान अफ द म्याच घोषित हुनुभयो । युवा शसक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहको तिन दर्जन टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपबिजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link