Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

महालेखाको प्रतिवेदनमाथि शंका उठ्दै: गण्डकीमा बेरुजुको चाङ, पारदर्शितामा प्रश्न

रेशमबहादुर जुग्जालीले महत्वपुर्ण प्रश्न उठाए

loading views..
Nepal Telcome

पोखरा,पुस १७ गते।गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिमा महालेखा परीक्षकको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठेको छ। समिति सदस्यहरूले महालेखा परीक्षकले बेरुजु देखाउने र नदेखाउने कार्यमा द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। यसले प्रदेशमा सुशासन कायम गर्न चुनौती थपेको छ।
समितिको बैठकमा बोल्दै पूर्व भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच बार्गेनिङ हुने गरेको आशंका व्यक्त गरे। उनले भने, “महालेखा परीक्षकले सुरु प्रतिवेदनमा बेरुजु देखाउने, दोस्रोमा पनि देखाउने अनि, फेरि अन्तिममा नदेखाउने, त्यो कसरी हुन्छ?”
सार्वजनिक लेखा समितिका सभापति सुधीर पौडेलले महालेखाको प्रतिवेदनले संघीयताको विरोध गर्नेहरूलाई मलजल गरेको बताए। उनले भने, “यो संविधानलाई पालना गर्ने होकि होइन, असुलउपर गर्ने, नियमित गर्ने, पेस्की बेरुजु र के के..लगतकट्टी पनि हुन्छ। यो छुट्याउने कि नछुट्याउने। यो सबै कामै नभएको त होइन?”

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link