Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

शेरा दरबार जग्गा प्रकरण: प्रचण्डद्वारा दोषीलाई कारबाहीको माग

loading views..

काठमाडौं,पुस १८ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई तुरुन्तै कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउन आफ्नो पूर्ण सहयोग रहने बताए।
“कानुन विपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुहोस्,” प्रचण्डले भने, “जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु।”
प्रचण्डले राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए पनि त्यसलाई कानुनको दायरामा ल्याइनुपर्ने बताए। उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडेको स्मरण गराउँदै शेरा दरबार प्रकरणमा पनि दोषी देखिएकालाई कारबाही हुनुपर्नेमा जोड दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्