Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरा इलेक्ट्रोनिक्स संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्झौता

loading views..
Nepal Telcome

पोखरा, पुस २४ गते।  पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यावसायिक संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवामा विभिन्न छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
आज भएको एक कार्यक्रममा मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडूविल र संघका अध्यक्ष चिन्तामणि खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत संघका सदस्यहरू र उनीहरूका परिवारले मणिपाल अस्पतालमा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा छुट पाउनेछन्।
यस सम्झौताका लागि सहयोग पुर्‍याउने कृष्ण मोहन श्रेष्ठ, रोशन अधिकारी, कृष्णप्रसाद गौतम लगायत सम्पूर्णलाई संघले धन्यवाद ज्ञापन गरेको छ।
संघका महासचिव रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस सम्झौताले हाम्रा सदस्यहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउनेछ। हामी मणिपाल अस्पतालसँगको यस सहकार्यबाट निकै खुसी छौँ।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “हामी भविष्यमा पनि यस्ता खालका साझेदारीलाई निरन्तरता दिनेछौँ।”
मणिपाल शिक्षण अस्पताल पोखराको फूलबारीमा अवस्थित छ र यो मणिपाल शिक्षा र चिकित्सा समूहको स्वामित्वमा रहेको छ। यो अस्पतालले विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू प्रदान गर्दछ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यावसायिक संघ कास्की पोखरामा रहेका इलेक्ट्रोनिक्स तथा मोबाईल व्यवसायीहरूको छाता संगठन हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link