Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

शहिदलखन गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशन आज सम्पन्न

शहिदलखन गाउँपालिकाले नीति संशोधन गर्दै नयाँ निर्णयहरू पारित

loading views..
Nepal Telcome

गोरखा,पुस २६ गते। शहिदलखन गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले महत्त्वपूर्ण नीतिगत तथा आर्थिक निर्णयहरू पारित गरेको छ।

गाउँसभाले वन ऐन २०७७ संशोधन गर्दै, पारिवारिक निजी वन दर्ताको प्रक्रियालाई सरल बनाएको छ। पहिले वडास्तरमा दर्ता गरिने नीति रहेकोमा अब वडाको सिफारिसमा गाउँपालिकामा नै दर्ता गर्ने व्यवस्था लागू गरिएको छ।

यसका साथै, अधिवेशनले विनियोजन ऐन पारित गर्दै कार्यान्वयन हुन नसकेका योजनाहरूलाई रकमान्तर गरेको छ। धार्मिक पर्यटकीय क्षेत्र मनकामना मन्दिरमा, बोका र भेँडाको टुक्रा पारेवापत रु १०० शुल्क निर्धारण गर्ने निर्णय पनि गरिएको छ।

गाउँसभाका क्रममा २२ वटा योजनाको रकमान्तर गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगरले दिनुभएको छ।

अधिवेशन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष इन्दिराकुमारी तिवारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडाका सदस्य र गाउँसभाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

नयाँ नीति र निर्णयहरूले गाउँपालिकाको प्रशासनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link