Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

समाजवादी मोर्चाको बैठक आज, माओवादी पदाधिकारी बैठक सर्‍यो

loading views..
Nepal Telcome

काठमाडौँ, माघ २ गते। नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज (बुधबार) बस्दैछ। मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार सम्पन्न भएपछि आज पूर्ण बैठक बस्न लागेको हो।
बैठक दिउँसो २ बजे नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय आलोकनगरमा आयोजना हुने जनाइएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो।
यसैबीच, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भने अपराह्न ४ बजेका लागि सरेको छ। बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक कार्यसूची बाक्लो भएपछि अपराह्नका लागि सारिएको सचिव गणेश साहले बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link