Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेपाली कांग्रेसका सभापति देउवाले आकस्मिक रुपमा आफ्ना मन्त्रीहरुलाई छलफलमा बोलाए!

काङ्रेश ओलीसँग झस्कियो,सत्ता गठबन्धनमा भूमरी

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं,माघ २ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूसँग छलफल गर्न बैठक बोलाएका छन्।

दश मन्त्री र दुई राज्यमन्त्रीलाई भोलि बिहीबार देउवाको बुढानीलकण्ठस्थित निवासमा छलफलका लागि आमन्त्रित गरिएको छ। सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यसम्पादनप्रति पार्टीभित्र उठिरहेका प्रश्नहरूको जवाफ खोज्न र सुझाव लिन यो बैठक आयोजना गरिएको हो।

पार्टीका एक नेताका अनुसार छलफलको मुख्य उद्देश्य सरकारको कामकाजलाई थप प्रभावकारी बनाउने उपायहरू खोज्नु हो। साथै, संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच समन्वयका लागि यो बैठक महत्वपूर्ण हुने बताइएको छ।

यो बैठकमा सरकारले अगाडि सारेका कार्यक्रम र योजनाबारे पनि समीक्षा गरिनेछ। देउवाले मन्त्रीहरूलाई जिम्मेवारीप्रति गम्भीर हुन र पार्टीको ध्येयअनुसार काम गर्न विशेष निर्देशन दिन सक्ने सम्भावना छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link