Skip to content
Pokharapress Logo
१७ जेष्ठ २०८३, आईतवार

गोरखामा एमाले घेराबन्दी तोडेर अघि बढिरहेको छ: प्रदीप ज्ञवाली

गोरखमा एमालेको स्थिति दयनिन

loading views..
Nepal Telcome

गोरखा,माघ १० गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख तथा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले चौतर्फी घेराबन्दी तोडेर दृढताका साथ अघि बढिरहेको बताउनुभएको छ। आज गोरखा सदरमुकाममा एमाले जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले विगतका सबैखाले चुनौती र जटिलतालाई पार्टीले सफलतापूर्वक सामना गरेको उल्लेख गर्नुभयो।

उपमहासचिव ज्ञवालीले विगतमा एमालेलाई निर्वाचनमा सहभागी हुने अवसर समेत नदिइने अवस्थामा पनि पार्टीले ठूलो उपस्थिति बनाउन सफल भएको चर्चा गर्दै भन्नुभयो, “जस ठाउँमा हामीलाई अस्वीकार गरिन्थ्यो, त्यहाँ अहिले हामी विना नभई नहुने अवस्था बनिसकेको छ।” उहाँले गोरखाको एमाले संगठनलाई थप सुदृढ बनाउँदै जिल्लाको कमजोर स्थितिलाई सुधार्न विशेष पहल आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँका अनुसार विसं २०४८ सालदेखि नै एमालेको ‘ग्राफ’ देशभर उकालो लाग्दै आएको छ। गत निर्वाचनमा समानुपातिक मतका आधारमा पार्टी देशभर ४४ जिल्लामा पहिलो र २४ जिल्लामा दोस्रो स्थानमा पुगेको जानकारी दिँदै उहाँले गोरखामा पार्टीको प्रदर्शन सुधार्न रणनीतिक परिवर्तन आवश्यक रहेको बताउनुभयो।

“सधैं एउटै शैलीले गन्तव्यमा पुग्न सकिंदैन, शैली र तौरतरिकामा सकारात्मक परिवर्तन आवश्यक छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयो। २०७९ सालको निर्वाचनमा आएको चुनौतीलाई स्मरण गर्दै उहाँले प्रतिपक्ष दलका गढहरूलाई एकपछि अर्को गर्दै तोड्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गोरखा जिल्लाको एमाले संगठनलाई थप सशक्त बनाउन आवश्यक कदमबारे विस्तृत छलफल गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link