Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

एमालेका दर्जनौं कार्यकर्ताले विराटनगरमा दिए सामूहिक राजीनामा

loading views..
Nepal Telcome

विराटनगर, माघ १० गते । नेकपा (एमाले) को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जना कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव, र सदस्यहरू समावेश छन्।

राजीनामाको कारण मानगढ खानेपानी आयोजनाको निर्वाचनसँग सम्बन्धित रहेको जनाइएको छ। सो निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उम्मेदवारका रूपमा अघि सारेको थियो। तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहित केही नेताहरूले ‘बागी’ उम्मेदवारलाई सहयोग गरेपछि विवाद उत्पन्न भएको थियो।

सागर थापामाथि कारबाहीको सिफारिस प्रदेश कमिटीले अनुमोदन गरेको थियो। हाल मतदानपछिको परिणाम उच्च अदालत विराटनगरमा विचाराधीन छ।

राजीनामा पत्रमा वडाका अधिकांश पार्टी सदस्यबीच भएको छलफल र एकताको निर्णयविरुद्ध अनावश्यक विवाद सिर्जना गरिएको र सामूहिकतालाई बेवास्ता गरिएको उल्लेख गरिएको छ। यस घटनाले विराटनगरमा एमाले संगठनभित्र असन्तुष्टि झल्काएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link