Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समितिको दोस्रो अधिवेशन आइतबार हुने

loading views..
Nepal Telcome

ओकिनावा, जापान माघ १९ गते। कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समितिको दोस्रो अधिवेशन २०२५ फेब्रुअरी २ (आइतबार) का दिन हुने भएको छ। २०२२ मा गठन भएको यस क्षेत्रीय समितिले २ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको हो।

समितिका संस्थापक संयोजक गोबिन्द प्रसाद पौडेल “अनीश” का अनुसार, यो अधिवेशनमार्फत समाजलाई अझ सफल र जुझारू नेतृत्व प्रदान गर्ने लक्ष्य राखिएको छ। उनले भने,

“हामी कास्की पोखरा समाज ओकिनावा क्षेत्रीय समिति गठनको २ वर्षपछि दोस्रो अधिवेशनको अन्तिम तयारीमा छौं। यस संस्थामार्फत जापानको ओकिनावा प्रान्तमा रहनुभएका सम्पूर्ण कास्की जिल्ला बासीहरूको सुख-दुःखमा साथ दिने उद्देश्यले काम गर्दै आएका छौं। यो अधिवेशन सफल बनाउन कास्की पोखरा समाज जापान, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्, तथा ओकिनावामा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरूको साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।”

अधिवेशन २०२५ फेब्रुअरी २ (आइतबार), दिउँसो ३ बजे ओकिनावाको नमस्ते गाउले रेस्टुरेन्ट (〒900-0031 沖縄県那覇市若狭2丁目3−15) मा आयोजना हुनेछ।

समाजले जापानमा रहेका कास्कीबासीहरूको एकता, सहयोग र प्रवर्द्धनमा भूमिका खेल्दै आएको छ। आगामी अधिवेशनले समुदायको सशक्त नेतृत्व चयन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link