Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

दरौदी कृषि सहकारीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

loading views..

गोरखा । दरौदी कृषि सहकारीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको  छ । सभा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो ।सभलाई सम्बोधन  गर्दै पन्तले सहकारीका माध्यमबाट नगरको विकास सम्भव हुने बताए । सबैले मिलेर अघि बढे सहकारीले गरिवी निवारणका लागि सहयोग पुऱ्याउने बताउनुभयो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गोरखाका वरिष्ठ कृषि विकास अधिकृत भवदत्त देवकोटा, वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर खड्का,गोरखाका बरिष्ट पत्रकार राजेन्द्र न्यौपाने, साना किसानका चञ्चला ज्ञवाली, महेन्द्र मावि कुन्दुरका प्रधानाध्यापक गोपाल मरहट्टा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीकी अध्यक्ष सँगिता कुमालको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्