Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

नेकपा (माओवादी केन्द्र) बाग्लुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

loading views..
Nepal Telcome

पोखरा,माघ २९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाग्लुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न यस अधिवेशनले संगठनलाई थप सशक्त बनाउने संकल्प गरेको छ।

अधिवेशनबाट सर्वसम्मत रूपमा कुलचन्द्र शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। साथै, मन बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

नव-निर्वाचित समिति

अध्यक्ष: कुलचन्द्र शर्मा
उपाध्यक्षहरू:

  • छम कुमारी बस्नेत
  • प्रेम बहादुर रोका
  • रञ्जना राई

सचिव: कुल बहादुर बुढा (प्रेम)
सह-सचिव: रबिन कुमार विश्वकर्मा
कोषाध्यक्ष: पवित्रा थापा

४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने, सल्लाहकार समिति संयोजकमा मन बहादुर थापा सहित ११ सदस्य मनोनयन भएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link