नेपालमा जनयुद्धको ३० औं वर्षगाँठ मनाइँदै, प्रचण्डको विशेष सन्देश

नेपालमा जनयुद्धको ३० औं वर्षगाँठ मनाइँदै, प्रचण्डको विशेष सन्देश

काठमाडौं, फागुन १ गते । नेपालमा सशस्त्र जनयुद्ध सुरु भएको ३० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना तय भइरहेका छन्। तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सुरू गरेको सशस्त्र विद्रोहको सम्झनामा नेकपा माओवादी केन्द्र सहित विभिन्न संगठनहरूले विशेष कार्यक्रमहरू गर्ने जनाएका छन्।

यस अवसरमा पुर्ब प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष सन्देश जारी गर्दै जनयुद्धको ऐतिहासिक योगदान स्मरण गरेका छन्।

अध्यक्ष प्रचण्डले , “जनयुद्धले नेपाली जनताको सदियौँदेखिको उत्पीडन र शोषणको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको छ। आज संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी शासन प्रणाली, धर्मनिरपेक्षता, र उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित हुनु जनयुद्धकै उपलब्धि हो।”

उनले जनयुद्धका क्रममा बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन्। साथै, घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

जनयुद्धको आवश्यकता र उपलब्धि

प्रचण्डले आफ्नो सन्देशमा जनयुद्ध किन अपरिहार्य थियो भन्ने विषयलाई उठाएका छन्। उनका अनुसार, “देशमा सामन्ती शोषण कायम थियो। दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु जस्ता समुदाय विभेदको सिकार थिए। ती वर्गहरूको अधिकार स्थापित गर्न विद्रोह अनिवार्य थियो।”

उनले थपे कि “जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। संविधानसभामार्फत जनता स्वयंले संविधान निर्माण गर्ने अवसर पाएका छन्।”

समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता

सन्देशमा प्रचण्डले शान्तिपूर्ण संघर्षको वर्तमान मोर्चालाई बलियो बनाउन जोड दिएका छन्। उनले भने, “हाम्रो संघर्षले व्यवस्थाको रूपान्तरण गर्‍यो, तर जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन। समावेशीकरण, संघीयताको संस्थागत विकास, र सामाजिक न्यायका लागि निरन्तर संघर्ष आवश्यक छ।”

प्रधानमन्त्री प्रचण्डले समृद्धि, सामाजिक न्याय, र सुशासनलाई सुदृढ गर्दै समाजवादी क्रान्तिको तयारीमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालमा जनयुद्धको वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रममा राजनीतिक दलका नेताहरू, नागरिक समाजका अगुवा, र जनयुद्धका पूर्वलडाकुहरू सहभागी भएर गरिने विभिन्न कार्यकर्मको तयारी गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.